सेवा प्रवाह, सुशासन र पारदर्शिताका लागि जुगल गाउपालिकाद्वारा विकास गरिएका अनलाईन राजश्व व्यवस्थापन प्रणाली, योजना व्यवस्थापन प्रणाली, व्यवसाय दर्ता प्रणाली, ई-दर्ता चलानी, ई-सिफारिस प्रणालीहरुको Integrated Management Information System सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिममा सम्बन्धित शाखाका १९ जना कर्मचारीको सहभागिता रह्यो । कार्यक्रममा गाउपालिका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सृजना तामाङ, सुशासन समितिका संयोजक जंगा तामाङको समेत उपस्थिति थियो ।
सशस्त्र द्वन्द्व तथा एेतिहासिक जनअान्दाेलनकाे क्रममा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरूलाइ घाइते अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलाेकन सम्बन्धी सूचना ।