समाचार
जुगल गाउँपालिकाकाे परिचय
जुगल गाउँपालिका प्रदेश नं. ३ अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलमा सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाँउपालिकाकाे कुल क्षेत्रफल ५९७ वर्ग कि.मी. छ । यो गाँउपालिका ७ वडा ( सेलाङ, गाेल्चे, गुम्बा, पाङताङ, बराम्ची, हगाम, हगाम) मिलेर बनेकाे छ । २०६८ को जनगणना अनुसार यो नगरपालिकाको जम्मा जनसंख्या १९२२३ रहेको छ । यहाँका बासिन्दाहरुको मुख्य विशेषता भनेको धार्मिक र सास्कृतिक पर्वहरु हो । यहा विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। जसले सार्वलौकिक सस्कृती झल्काउछ । यहाको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ र अरु भाषा पनि बोलिने गर्दछन् । यस क्षेत्रकाे मुख्य अायस्राेतहरू खेतिपाती, हाइड्राेपावर, स्लेट, जडिबुटी अादि हुन । जल स्राेतकाे धनी रहेकाे याे गाँउपालिकामा साना र ठुलाे गरी करिब ७ वटा जलबिधुतहरू निमाणाधिन र बनिसकेका छन।